काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई २ लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सरकारी वकिल कार्यालयमार्फत रोकालाई अदालतमा उपस्थित गराएको थियो ।
थुनछेक बहस सकिएसँगै अदालतले सोमबार उनलाई धरौटीमा छाड्न आदेश गरेको हो ।
सीआईबीले गत शुक्रबार रोकालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो । उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएको थियो ।
उनी सुनकान्डमा मुछिएका बेल्जियम नागरिक दावा छिरिङका श्रीमतीसमेत हुन् ।