Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

गलत तरिकाले मान्छे पठाउने जोसुकैलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

गलत तरिकाले मान्छे पठाउने जोसुकैलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

सोमवार , आषाढ ९, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा हुने अवाञ्छनीय गतिविधिमा शून्य सहनशीलता अपनाउन निर्देशन दिएका छन् ।

सोमबार गृह मन्त्रालयमा आयोजित आन्तरिक बैठकमा मन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन् । उनले अध्यागमन सुधारका लागि तत्काल ठोस कार्ययोजना अघि बढाउन मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिए ।

अध्यागमनमा कर्मचारी खटाउँदा स्पष्ट मापदण्ड बनाउन र गलत तरिकाले मानिसहरूलाई पठाउने कार्यमा संलग्न पाइए जोसुकैलाई कारबाहीको दायरामा ल्याउने स्पष्ट पारे।

बैठकमा मन्त्री लेखकले विगतका प्रतिवेदनहरूले दिएका सुझाव कार्यान्वयन गर्न, कर्मचारीको आचरण सुधार्न र अध्यागमनको सम्पूर्ण तथ्याङ्कलाई सुरक्षित राख्न डिजिटल प्रणालीको स्तरोन्नति गर्न पनि निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077