काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बसिरहेको छ ।
सोमबार साँझ सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधामनन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एक घण्टा छलफल गरेपछि मन्त्रिपरिषद् बैठक सुरू गरेका हुन् ।
मन्त्रिपरिषद् बैठकबाट भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न दलहरूबीच सहमति भएको छ।