Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

माधव नेपालको विद्यार्थी संगठन अनेरास्ववियूमा विभाजन, न्यौपानेले गरे समानान्तर कमिटी गठन (सूचीसहित)

माधव नेपालको विद्यार्थी संगठन अनेरास्ववियूमा विभाजन, न्यौपानेले गरे समानान्तर कमिटी गठन (सूचीसहित)

सोमवार , आषाढ १६, २०८२

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूमा समानान्तर कमिटी घोषणा भएको छ ।

संगठनका अध्यक्ष महेश श्रेष्ठसँग असन्तुष्ट पक्ष नरेश न्यौपानेले समानान्तर कमिटी घोषणा गरेका हुन् ।

न्यौपाने अध्यक्ष र प्रकाश श्रेष्ठ महासचिव रहेको पदाधिकारीसहित १६७ सदस्यीय नयाँ केन्द्रीय समिति घोषणा गरिएको छ ।

समानान्तर कमिटीको बैठकले संसद विघटनलगायतका घोर प्रतिगामी षड्यन्त्रविरुद्ध नेतृत्वदायी भूमिका निर्वाह गर्दै विद्रोहको नेतृत्व गरेको मातृ पार्टी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि सरकारले साँधेको प्रतिशोध र षड्यन्त्रविरुद्ध एकताबद्ध रुपमा प्रतिरोध एवं प्रतिवाद गर्ने निर्णयसमेत गरेको छ ।

आगामी असार २१ गते बस्ने पदाधिकारी बैठकबाट सबै पदाधिकारी र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरिने, पहिलो पदाधिकारी बैठकबाट केन्द्रीय कमिटीको एक तिहाइ हुने गरी केन्द्रीय सचिवालय गठन गरिने र केन्द्रीय कमिटीको बैठक साउन पहिलो हप्ता काठमाडौंमा आयोजना गरिने निर्णयसहितको सकुर्लर पठाइएको छ ।

यसअघि २०८१ सालको अन्तिममा अलग अलग भेलाको आयोजना गरेका थिए ।

गत फागुन ११ गते आरती लामा समूह समानान्तर कमिटी घोषणासम्मको तयारीमा गरेको थियो । तर, अहिले भने आरती लामा समूहमै रहेका नरेश न्यौपानेले समानान्तर कमिटि गठन गरेका हुन् ।

समानान्तर कमिटिमा आरती लामाको नाम भने कहिं कतै पनि छैन ।

यस्तो छ समानान्तर कमिटिका पदाधिकारीहरु र निर्णयहरु

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077