Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

निजामती विधेयकमाथि तलमाथि भएको कुरा आयो, कारवाही हुनुपर्छ : उपप्रधानमन्त्री सिंह

निजामती विधेयकमाथि तलमाथि भएको कुरा आयो, कारवाही हुनुपर्छ : उपप्रधानमन्त्री सिंह

बुधवार , आषाढ १८, २०८२

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामति विधेयकमा चलखेल गर्नेलाई कारवाही हुनुपर्ने माग गरेका छन् ।

बुधबार काठमाडौंमा कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै उनले यस्तो माग गरेका हुन ।

उनले निजामती विधेयकमाथि तलमाथि भएको कुरा आएको भन्दै छानविन हुने बताए । छानविनपछि जोसुकै दोषी भएपनि कारवाही हुनुपर्ने उनले बताए।

सिंहले संविधान निर्माण गर्दा हस्ताक्षर गर्नेहरुले नै संविधानको विरोध गर्नु उचित नभएको धारणा राखे ।

उनले सरकारको आलोचना गर्ने नेताहरूले आफू सरकारमा बस्दा के गरे भन्ने बिर्सन नहुने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077