काठमाडौं । नेपाली कांग्रेसले नेपाल तरूण दलको महाधिवेशन २०८२ मंसिर २६-२८ मा अनिवार्य गर्नेगरी केन्द्रीय समितिको पदावधि थप गर्ने निर्णय गरेको छ।
बुधबार पार्टी कार्यालय सानेपमामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन निर्देशन समितिको प्रस्ताव अनुरुप मंसिरमा अनिवार्य महाधिवेशन सम्पन्न गर्न त्यही मितिसम्मका लागि केन्द्रीय समितिको पदावधि थप गर्ने निर्णय गरेको हो।
तरुण दलको महाधिवेशन तयारी र व्यवस्थापन सहजीकरणका लागि तरूण दलको मौजुदा कार्यसमिति भित्रैबाट सानो व्यवस्थापन समिति बनाउने निर्णय भएको बताइएको छ ।
महाधिवेशन सम्पन्न गर्न निर्देशन समितिलाई पार्टीको तर्फबाट सम्पूर्ण जिम्मेवारी प्रदान गरिएको छ ।