Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

यातायात क्षेत्र व्यवस्थित बनाउने काम सरकारको उच्च प्राथमिकतामा छ : भौतिकमन्त्री

यातायात क्षेत्र व्यवस्थित बनाउने काम सरकारको उच्च प्राथमिकतामा छ : भौतिकमन्त्री

शुक्रवार , आषाढ २०, २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्र व्यवस्थित बनाउने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।

चन्द्रागिरि नगरपालिका–७ मा नेपाल टिपर तथा ट्रक व्यवसायी समितिद्वारा निर्मित भवनको शुक्रबार उद्घाटन गर्दैै उनले नीतिगत सुधारदेखि कार्यान्वयनमा ध्यान दिइएको उनले बताए ।

नेपाली सडक तथा संरचनाको दिगो उपयोगका लागि भारबहन क्षमता कडाइसाथ लागु गर्न आवश्यक रहेको उनले बताए ।

अधिक भारका मालवाहक सवारीसाधनका कारण नेपालका पुल तथा सडकमा ठूलो नोक्सानी हुने गरेको भन्दै मन्त्री दाहालले सीमा क्षेत्रदेखि नै यसको नियन्त्रण गरिने बताए ।

उनले नेपालका सडक, पुल लगायत संरचना संरक्षण सबैको दायित्व रहेको बताउँदै उनले भने–‘हाम्रो भूबनोट तथा सडकको अवस्था अनुसार पुलहरूको निर्माण गरिएको हुन्छ । निश्चित भार क्षमताका ती संरचनामा जथाभावी अधिक भारका सवारीसाधन त चलाउनु भएन, हाम्रा संरचना संरक्षण गर्ने जिम्मेवारी सबैको हो ।’

नेपाल अहिले निर्माण चरणमा रहेको उल्लेख गर्दै मन्त्री दाहालले नेपालमा केही भएन र हुँदैन भन्नेहरूको भ्रमलाई एसियन मापदण्डमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग तथा मध्यपहाडी राजमार्गले चिरिरहेको समेत दाबी गरे ।

समेत पुल बनेसँगै नेपालका सबै जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको भन्दै उनले अब विकासलाई उत्पादनसँग जोड्न जरुरी रहेको बताए ।

मन्त्री दाहालले यातायात क्षेत्र व्यवस्थित बनाउने बताइरहँदा यातायात व्यवस्था विभागले भने आजैबाट सवारी चालक अनुमतिपत्र प्रणालीसँग सबन्धित सेवाहरू बन्द भएको सूचना प्रकाशित गरेको छ ।

यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएकोले बन्द गरेको जनाएको हो ।

विभागद्वारा जारी सूचनामा भनिएको छ–‘आज मिति २०८२ असार २० गते शुक्रबारदेखि विभागमा रहेको सवारी चालक अनुमती पत्र प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानको कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशित नहुँदासम्मका ललागि सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली) हरूको सबै सेवाहरू बन्द भएको व्‍यहोरा जानकारी गराइन्छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077