Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अमेरिकाको टेक्सासमा भीषण बाढी : २४ जनाको मृत्यु, २५ बालबालिका सम्पर्कविहीन

अमेरिकाको टेक्सासमा भीषण बाढी : २४ जनाको मृत्यु, २५ बालबालिका सम्पर्कविहीन

शनिवार , आषाढ २१, २०८२

एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा आएको भीषण बाढीबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ ।

केर काउन्टीमा आएको बाढीका कारण २५ भन्दा बढी बालबालिका सम्पर्कविहीन रहेका छन् । मृतकको संख्या अझ बढ्नसक्ने काउन्टीका प्रहरी अधिकारी लेरी एल. लाइथाले बताइन् ।

यसैबीच, कार्यवाहक गभर्नर ड्यान प्याट्रिकले केर काउन्टीस्थित क्याम्प मिस्टिक नामक बालिका शिविरमा २३ देखि २५ बालिका सम्पर्कविहीन रहेको बताएका छन् ।

अहिलेसम्म २३७ जनाको उद्धार गरिसकिएको समाचारमा उल्लेख छ । धेरै स्थानमा आकस्मिक बाढीको घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077