Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

युनुस अन्सारीले नेशनल टेलिभिजनमार्फत ९ करोड सम्पत्ति शुद्धीकरण गरेको सिआइबी दाबी, मुद्दा दायर

युनुस अन्सारीले नेशनल टेलिभिजनमार्फत ९ करोड सम्पत्ति शुद्धीकरण गरेको सिआइबी दाबी, मुद्दा दायर

शनिवार , आषाढ २१, २०८२

काठमाडौं । विवादास्पद व्यवसायी युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को अनुसन्धानका आधारमा शुक्रबार उनीविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर भएको हो ।

उनले नेशनल टेलिभिजनमार्फत गैरकानुनी रुपमा आर्जित सम्पत्ति शुद्धीकरण गरेको सिआइबी दाबी छ । नौ करोड नौ लाख ५३ हजार सात सय नौ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ । उनीसहित नेशनल टेलिभिजनविरुद्ध समेत मुद्दा दायर भएको छ ।

त्यस्तै, उनको श्रीमती सालमा खातुन, बाराकी प्रमिला अधिकारी तथा शुभेश्वर प्रसाद कुशवाहलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

अन्सारीले नक्कली नोट तथा लागुऔषधको कारोबारबाट आर्जित रकम टेलिभिजनमा लगानी गरेको सिआइबीको अनुसन्धानमा खुलेको छ। सो टेलिभिजन हालै बन्द भइसकको छ ।

गत महिना मात्र कारागारबाट छुटेका अन्सारीलाई सिआइबीले नियन्त्रणमा लिई सम्पत्ति शुद्धीकरणको कसुरमा बयान लिएर अर्को मुद्दा दायर गरेको हो ।

अन्सारीमाथि २०६७ सालमा केन्द्रीय कारागारमै गोली प्रहार भएको थियो। एक भारतीय सुटर जेलभित्रै छिरेर गोली प्रहार गरेपनि उनी जोगिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077