Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

जागिर लगाइदिन्छु भनेर बलात्कार गरेको आरोपमा काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ

जागिर लगाइदिन्छु भनेर बलात्कार गरेको आरोपमा काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ

शनिवार , आषाढ २१, २०८२

काठमाडौं । जागिर लगाइदिने आश्वासन दिएर एक किशोरीलाई रिसोर्टमा लगी बलात्कार गरेको आरोपमा काठमाडौं महानगरपालिकाका एक कर्मचारी पक्राउ परेका छन्।

महानगरपालिकाको वातावरण विभागमा कार्यरत ५३ वर्षिय सरोज पुजारीलाई प्रहरीले पक्राउ गरी बलात्कार मुद्दा दायर गरेको हो।

जागिर खोज्दै महानगरपालिकाको वातावरण विभाग पुगेकी एक किशोरीलाई उनले बालाजुको रिसोर्टमा लगेर बलात्कार गरेको अनुसन्धानमा खुलेको छ ।

प्रहरीका अनुसार घटना जेठ २१ गतेको हो। उनले मोटरसाइकलमा राखेर युवतीलाई तारकेश्वरको फुलबारीस्थित सुकुल होटल एण्ड रेष्टुरेन्टमा लगेर बलात्कार गरेको युवतीको उजुरी छ।

प्रहरी अनुसन्धानमा दुवै जना सो होटलमा गएको देखिएको छ। युवकले भने युवतीकै प्रस्तावअनुसार आफुहरु त्यहाँ गएको दाबी गरेका छन्। युवतीको उजुरीका आधारमा बालाजु वृत्तले उनलाई पक्राउ गरी मुद्दा चलाएको हो ।

काठमाडौंको ढल्को घर भएका पुजारी २०५३ सालमा काठमाडौं महानगरपालिकामा भर्ना भएका वातावरण विभागका सिनियर कर्मचारी हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077