काठमाडौं । गृहमन्त्री रमेश लेखकले जिल्ला प्रहरी कार्यालयमा निरीक्षण गरेका छन् । गृहमन्त्री लेखकले आज बिहान जिप्रकाको अनुगमन तथा निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा लेखकले जिप्रकालगायत जिल्लाका अन्य प्रहरी युनिट र शान्तिसुरक्षाका अवस्थामा जानकारी लिएका छन् ।
गृहमन्त्री लेखकलाई भवन अभावलगायत विषयमा जानकारी गराइएको बैतडी प्रहरीले जनाएको छ । जवाफमा गृहमन्त्रीले आफ्नो कार्यकालमा भवन निर्माण बजेटको व्यवस्था गर्ने आश्वासन दिएका छन् ।
गृहमन्त्री लेखकले जिल्लाका समग्र शान्तिसुरक्षाका बारेमा पनि जानकारी लिए । गृहमन्त्री लेखकले आज बिहान यहाँको जगन्नाथ मन्दिरमा दर्शन गरेका छन् ।