Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

पक्राउ पुर्जीपछि जसपा नेता यादव बेपत्ता, हजार प्रहरी खटिए पनि फेला परेनन्

पक्राउ पुर्जीपछि जसपा नेता यादव बेपत्ता, हजार प्रहरी खटिए पनि फेला परेनन्

शनिवार , आषाढ २१, २०८२

सर्लाही । सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कासँग भएको विवादपछि प्रहरीले पक्राउ पुर्जी जारी गराएको जसपा नेपाल मधेश प्रदेश अध्यक्ष तथा पूर्व प्रदेश सांसद अशोक यादवलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

बिहीबार राति भएको विवादका क्रममा सरकारी सवारी साधनमा तोडफोड गराइएको आरोपमा सर्लाही जिल्ला अदालतबाट शुक्रबार यादवको नाममा पक्राउ पुर्जी जारी गरिएको हो ।

घटनापछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले एक हजारभन्दा बढी प्रहरी परिचालन गरेर पनि उनलाई नियन्त्रणमा लिन सकेको छैन ।

विवादको कारण राति पूर्वाधार कार्यालयबाट चेक काट्ने काम भएको विषयमा एसपी खड्का र नेता यादवबीच भनाभन भएको थियो । यादवले प्रहरी प्रमुख खड्कामाथि कमिसनमा रातिको समयमा सुरक्षाकर्मी पठाएको आरोप लगाएका थिए । खड्काले भने फोनमार्फत सुरक्षा आग्रह आएपछि नियमअनुसार प्रहरी पठाइएको दाबी गरेका छन् ।

यता, सरकारी सवारी साधनमा तोडफोड भएको घटनालाई लिएर प्रहरीले यसलाई गम्भीर सुरक्षापरिस्थितिका रूपमा लिएको छ । यादवलाई पक्राउ गर्न जिल्लाका सम्पूर्ण प्रहरी युनिटलाई सचेत अवस्थामा राखिएको छ ।

स्रोतका अनुसार यादवको मोबाइल स्विच अफ अवस्थामा रहेको छ भने उनको सम्भावित बासस्थानहरूमा निगरानी बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077