Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

निजामती विधेयकको छेडखानी छानबिन गर्न संसदीय समिति गठन गर्ने निर्णय

निजामती विधेयकको छेडखानी छानबिन गर्न संसदीय समिति गठन गर्ने निर्णय

शनिवार , आषाढ २१, २०८२

काठमाडौं । संघीय निजामती विधेयकको कुलिङ अफ पिरियडमा भएको छेडखानीको छानबिन गर्न विशेष संसदीय समिति गठन गर्ने निर्णय भएको छ ।

शनिबार सभामुख निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित विभिन्न दलका प्रमुख सचेतकबीच भएको छलफलले कुलिङ अफ पिरियडमा भएको छेडखानीबारे छानबिन गर्न सात सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय भएको हो ।

सोमबार बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुखले विशेष संसदीय समिति गठनको घोषणा गरी अनुमोदन गर्ने बताइएको छ ।

समितिमा कांग्रेस र एमालेबाट २–२ जना तथा माओवादी, रास्वपा र राप्रपाबाट १–१ जना सदस्य रहने र समितिको नेतृत्व कांग्रेसले गर्ने सहमति भएको छ ।

संसद्को नियमावलीको नियम १८० बमोजिम गठन हुने समितिलाई छानबिनका लागि १५ दिनको समय दिइने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077