Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

एसपीलाई धम्की दिने जसपा नेता यादवका पक्षमा प्रदर्शन, पक्राउ पुर्जी खारेजीको माग

एसपीलाई धम्की दिने जसपा नेता यादवका पक्षमा प्रदर्शन, पक्राउ पुर्जी खारेजीको माग

शनिवार , आषाढ २१, २०८२

सर्लाही । जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीले पक्राउ पुर्जी जारी गरेपछि जिल्लाको सदरमुकाम मलंगवामा प्रदर्शन गरिएको छ ।

जसपाको जिल्ला नेतृत्वले शनिबार ठूलो विरोध प्रदर्शन गर्दै पक्राउ पुर्जी खारेज गर्न माग गरेको हो । जसपा सर्लाहीका जिल्ला अध्यक्ष शम्भु प्रसाद यादवको नेतृत्वमा भएको प्रदर्शनमा सयौं कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

विवादको सुरुवात बिहीबार राति मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा भएको गतिविधिबाट भएको थियो । रातिको समयमा सरकारी चेक काटिएको विषयमा प्रदेश अध्यक्ष अशोक यादव र सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्काबीच तीव्र वादविवाद भएको थियो ।

अध्यक्ष यादवले पूर्वाधार कार्यालयका प्रमुख विजय यादवसँग मिलेर एसपी खड्काले कमिसनको सेटिङमा चेक काट्न सहयोग गरेको आरोप लगाएका थिए।

गालीगलौज र तनावपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले अशोक यादवलाई पक्राउ गर्न सलेमपुरस्थित निवासमा प्रहरी परिचालन गर्‍यो । तर, प्रहरी टोली पुग्दा स्थानीय बासिन्दाले प्रहरीको उपस्थितिको विरोध गर्दै प्रहरीको गाडीमा तोडफोड गरेका थिए ।

त्यसपछिको परिस्थितिमा प्रहरीले सरकारी सम्पत्ति तोडफोड र सरकारी काममा अवरोध पुर्‍याएको अभियोगमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराएको हो ।

यस क्रममा प्रहरीले सर्लाहीमा करिब एक हजार सुरक्षाकर्मी परिचालन गरेको थियो । तर उनी अहिलेसम्म पक्राउ परेका छैनन् । यता प्रहरीले यादव विगतदेखि नै आपराधिक गतिविधिमा संलग्न रहेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077