Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

आइतवार , आषाढ २२, २०८२

भोजपुर । भोजपुरको रामप्रसादराई गाँउपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या भएको छ ।

भोजपुर नगरपालिका–२ हेलौँछा घर भएका ३० वर्षीय राजेन्द्र राईले ससुराली घरका चार जनाको हत्याका हुन् ।

राईले माइतीघरमा रहेकी १५ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र सालो ९ वर्षीय सपन गिरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूबीच मनिषाको विषयमा विवाद भएको थियो । राजेन्द्र मनिषालाई लिन ससुराली पुगेका थिए ।

विवाद हुँदा सासूले आफूलाई छुरा हानेपछि आक्रोशमा आएर आफूले श्रीमतीसहित सबैको ज्यान लिएको राजेन्द्रले सुरूवाती बयान दिएको प्रहरीको दाबी छ । उनलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077