Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सशस्त्र प्रहरीमा सुरु भयो बढुवा प्रक्रिया, नेपाल प्रहरीमा अझै अन्योल

सशस्त्र प्रहरीमा सुरु भयो बढुवा प्रक्रिया, नेपाल प्रहरीमा अझै अन्योल

शुक्रवार , आषाढ २७, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बलमा रोकिएको बढुवा प्रक्रिया आर्थिक सकिन लागेपछि अघि बढाइएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले बिहीबार सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सूचना निकालेको छ ।

डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा भएपछि सशस्त्र प्रहरीमा डीआईजीको एक पद एक महिनादेखि रिक्त छ । त्यसमा कसलाई बढुवा गर्ने भन्ने सहमति नजुट्दा सूचना नै निकालिएको थिएन । सहमति भएसँगै सूचना प्रकाशन भएको स्रोत बताउँछ ।

सो पदमा मनिष थापा, कृष्णराज पाठक मुख्य दाबेदार हुन्। पाठक सिंस नम्बर १ का अधिकृत हुन्। पाठक नेपाल प्रहरीबाट स्थानान्तरण भएका हुन् । स्टाफ कलेज समेत गरेकाले थापाकै बढुवा हुने सम्भावना छ ।

यद्यपी सिंस नम्बर २ का एसएसपीहरूले पनि फारम भर्ने तयारी गरिरहेका छन् । सिंस नम्बर २ का दिपेन्द्र कुँवर र विष्णु भट्ट यसअघि नै डीआईजी भइसकेका छन् ।

सशस्त्रमा लामो समयदेखि एसएसपी, एसपी र डीएसपीका पद पनि रिक्त छन् । अबको एक साताभित्र सबै पदमा बढुवाको तयारी भइरहेको छ ।

उता नेपाल प्रहरीमा भने अझै बढुवा प्रक्रिया अघि बढेको छैन । नेपाल प्रहरीमा एसएसपीका ११ पद रिक्त भएको करिब दुई महिना भइसकेको छ ।

११ पदमा ३३ एसपीबीच प्रतिस्पर्धा छ । सोकारण बढुवामा तिव्र चलखेल छ । शक्तिकेन्द्रको दबाब र जुनियरहरुको चलखेलका कारण बढुवा रोकिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077