Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

कोकिन प्रकरण : मुख्य अभियुक्तलाई दुर्व्यसनी मात्र बनाउने चलखेल !

कोकिन प्रकरण : मुख्य अभियुक्तलाई दुर्व्यसनी मात्र बनाउने चलखेल !

शुक्रवार , आषाढ २७, २०८२

काठमाडौं । गत साता कोकिनसहित पक्राउ परेका व्यक्तिहरुमाथि प्रहरीले विस्तृत अनुसन्धान थालेको छ । तर, अनुसन्धानलाई प्रभावित बनाउन प्रहरीकै केही उच्च अधिकारी लागेका छन्।

गत शुक्रबार काठमाडौं ज्ञानेश्वरबाट ६५.९३ ग्राम कोकिनसहित दिनेश चालिसेसहित पाँच जना पक्राउ परेका थिए। मुख्य अभियुक्त मानिएका चालिसेलाई सामान्य दुर्व्यसनी मात्र बनाएर मुद्दा चलाउनका लागि प्रहरीभित्र चलखेल अघि बढेको हो।

प्रहरी वृत्त मालिगाउँले ज्ञानेश्वरस्थित भगवति इन होटलमा छापा हानी चालिसे लगायत पाँच जनालाई पक्राउ गरेको थियो। नवलपरासीका सतेन्द्रबहादुर भट्ट, सिन्धुपाल्चोककी आयुषा श्रेठ, सप्तरीका प्रकाश यादब र ललितपुरका सुव्रत अधिकारी पक्राउ परेका थिए।

चालिसे कारोबारी र सेवनकर्ता दुवै हुन्। कोकिन खरिद गरिसकेपछिको अवस्थामा उनी पक्राउ परेका हुन्। भट्ट अर्का ठूला डिलर हुन् ।

सिन्धुपाल्चोक स्थायी घर भइ कपन बस्ने चालिसे विभिन्न किसिमका आर्थिक अपराधमा संलग्न व्यक्ति हुन्। उनीसहितका व्यक्तिले तातोपानी नाकाबाट भेप लगायत अवैध सामानको तस्करी समेत गर्दै आएका छन् ।

अवैध कारोबारबाटै उनले अकुत सम्पत्ति आर्जन गरेका उनी पछिल्लो कोकिन जस्तो महंगो लागुऔषध सेवन र कारोबार थालेका थिए । यो अपराधमा १५ वर्षभन्दा धेरै जेल सजाय हुने भएकाले उनी करोड खर्च गरेर भए पनि मुद्दालाई कमजोर बनाउन प्रहरीमार्फत चलखेल थालेका हुन्।

[insert page='355455' display='yopanipadhnuhos.php']

स्रोतका अनुसार चालिसेका दाजु दिपेशको प्रहरीका केही हाकिमसँग समेत दोस्ती छ । केहीसँग जग्गा कारोबारमा समेत साझेदारी छ ।

ती प्रहरीमाथि आफुविरुद्धको मुद्दालाई कमजोर बनाउन उनले मालीगाउँ वृत्तका प्रहरीमाथि दबाब दिइरहेको स्रोत बताउँछ ।

प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गर्ने तयारी गरेको छ । सम्पत्ति छानविन गर्दा करोडौंको अवैध सम्पत्ति गुम्ने भएपछि उनी त्यसलाई पनि रोकाउन लागिपरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077