Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

बनेपाबाट बोधिचित्त चोरी, तीन जना पक्राउ

बनेपाबाट बोधिचित्त चोरी, तीन जना पक्राउ

शुक्रवार , आषाढ २७, २०८२

काठमाडौं । बनेपा नगरपालिका–१० रेशम मार्गस्थित भवानी पाण्डेको कम्पाउण्डमा रहेको बोधिचित्त चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पक्राउ पर्नेमा १९ वर्षीय विवेक लामा, २० वर्षीय मिलन मोक्तान र १९ वर्षीय लबाङ तामाङ छन्।

उनीहरू शनिबार राति १ः२० तिर पाण्डेको घरमा पुगेर बोधिचित्तको दाना टिपेर भागेका थिए ।

भोलिपल्टै पीडितले घरबाट ८ लाख बराबरको बोधिचित्त चोरी भएको दाबी गर्दै इलाका प्रहरी कार्यालय बनेपामा उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी रामेश्वर त्वातीले भने–‘सिसिटिभी फुटेज हेर्दा राति १ बजेतिर तीन जना आएर दाना टिपेको देखियो ।’

त्यही सिसिटिभी फुटेको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

तर, प्रहरीले पक्राउ परेकाहरुबाट बोधिचित्त भने फेला पारेको छैन। प्रहरीले सोधपुछ गर्दा उनीहरूले काठमाडौं लगेर बेचेको बताएका छन्।

उनीहरूले कहाँ र कसलाई बोधिचित्त बेचे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई बिहीबार जिल्ला अदालत काभ्रेले चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077