काठमाडौं । प्रहरीले पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयका प्रमुख फणिराज पाठकलाई सोधपुछ गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले उपस्थित हुन भन्दै सम्पर्क गरेपछि उनी केहीबेरअघि जिल्ला प्रहरी परिसर, भद्रकाली पुगेका थिए ।
काठमाडौं प्रहरीका एसपी अपिलराज बोहोराले उनलाई बोलाइएको बताएका छन् ।
प्रहरकिा अनुसार पाठकलाई ‘श्री ५ महाधिराज सरकार’ भन्दै निकालिएका विज्ञप्तिदेखि संवाद सचिवालयको आधिकारिता लगायतका विषयमा बुझ्न बोलाएको बताइएको छ ।
‘श्री ५ महाराजधिराजलाई संविधानले नचिन्ने’ भन्दै उनलाई त्यसबारे जवाफ मागिएको अधिकारीहरुले बताएका छन् ।