Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

३ किलो ४०० ग्राम कोकिनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

३ किलो ४०० ग्राम कोकिनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

शुक्रवार , आषाढ २७, २०८२

काठमाडौं । प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी) ले ३ किलो ४०० ग्राम अवैध लागूऔषध कोकिनसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक अब्दुस समद जमल मन्सुरी छन् । भारतका मुम्बइ महाराष्ट्र ठेगाना भएको ४९ वर्षिय मन्सुरी कतार एयरवेजको उडानमार्फत अजरबैजानबाट दुई दिनअघि काठमाडौं आएका थिए ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अराइभलतर्फको पार्किंङ क्षेत्रबाट नियन्त्रणमा लिइएको ब्युरोका एसएसपी कृष्ण कोइरालाले बताए ।

उनका अनुसार, ब्युरो अन्तर्गत विमानस्थलमा खटिएको टोलीले यात्रुको ‘क्रिमिनल प्रोफाइलिङ’ क्रममा उनीमाथि शंका गरिएको थियो ।

त्यसक्रममा पार्किङमा जाँच गर्दा उनले बोकेर ल्याएको झोलाभित्र कोकिन बरामद भएको कोइरालाले बताए ।

उनीमाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077