Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

काठमाडौं गुम्बाचोकबाट १० जना जुवाडे पक्राउ, ७ दिनको म्याद थप

काठमाडौं गुम्बाचोकबाट १० जना जुवाडे पक्राउ, ७ दिनको म्याद थप

शुक्रवार , आषाढ २७, २०८२

काठमाडौं । काठमाडौंको गुम्बा चोक नजिक जुवा खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।

बिहीबार साँझ ४ः३० बजेतिर प्राप्त विशेष सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–१६ स्थित गुम्बा चोक नजिक तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुजन गुरुङ, बिर बहादुर गौतम, ध्रुर्व अधिकारी, सिकन्दर जैसवाल, हुम बहादुर घले, टेक बहादुर घले, मान बहादुर भण्डारी, मेख बहादुर बराल, गंगाराम लिम्बु र अमृत पुलामी रहेका छन् ।

उनीहरुको साथबाट नगद ५० हजार २९० रुपैयाँ र तास बुक ४ थान बरामद गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहोराले जानकारी दिए ।

पक्राउ परेकाहरूमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ७ दिनको म्याद थप अनुमतिसहित अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077