Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

पोखरामा विव्यस अध्यक्षलाई कालोमोसो दलेको आरोपमा बहुमतका युवा नेता पक्राउ

पोखरामा विव्यस अध्यक्षलाई कालोमोसो दलेको आरोपमा बहुमतका युवा नेता पक्राउ

शनिवार , आषाढ २८, २०८२

कास्की । पोखराको छोरेपाटन माविका व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीलाई कालोमोसो दलेको आरोपमा नेकपा बहुमतका युवा नेता सुजन विक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का नामबाट कालोमोसो दल्न लगाउने मुख्य योजनाकार विकलाई पक्राउ गरेको हो ।

उनी नेकपा बहुमतका पोलिटब्युरो सदस्य तथा बहुमतनिकट युवा संगठनको केन्द्रीय अध्यक्षसमेत हुन् । विकलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा अगाडि बढाइएको छ भने कालोमोसो दल्ने २ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ ।

विक माओवादी केन्द्रबाट विभाजन भएको वैद्य समूह (मोहन वैद्य), विप्लप समूह (नेत्रविक्रम चन्द) हुँदै अहिले विप्लवबाट पनि विभाजन भएको नेकपा बहुमतमा आवद्ध भएका हुन् ।

पोखरा छोरेपाटनस्थित पाताले छाँगो (डेभिस फल्स) निजी कम्पनीलाई सुम्पिएको भन्दै व्यवस्थापन समिति अध्यक्ष पहारीलाई शुक्रबार छोरेपाटन बजारमै विद्यार्थीले कालोमोसो दलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077