Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

जन्म दर्ता किर्ते गर्ने धादिङको धुनीवेशीका वडाध्यक्ष सुवेदी काठमाडौंबाट पक्राउ

जन्म दर्ता किर्ते गर्ने धादिङको धुनीवेशीका वडाध्यक्ष सुवेदी काठमाडौंबाट पक्राउ

शनिवार , आषाढ २८, २०८२

धादिङ । धुनीवेशी नगरपालिका–४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदीलाई सार्वजनिक किर्ते मुद्दामा सात महिनापछि प्रहरीले काठमाडौँको कलङ्कीबाट पक्राउ गरेको छ ।

लामो समयदेखि फरार सूचीमा रहेका सुवेदीलाई विशेष सूचनाका आधारमा शनिबार बिहान कलङ्कीबाट पक्राउ गरिएको हो ।

सुवेदीमाथि नाबालकलाई उमेर पुगेको देखाई झुटो जन्म प्रमाणपत्र बनाइ त्यसको आधारमा नागरिकता सिफारिस गराएर जग्गा बिक्री गरेको अभियोगमा जिल्ला अदालत धादिङमा मुद्दा दर्ता भएको थियो ।

प्रहरीका अनुसार उनले झुटो कागजात प्रयोग गरी नागरिकता बनाइ सोही नागरिकताका आधारमा सम्पत्ति कारोबारमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनलाई काठमाडौंबाट पक्राउ गरी थप अनुसन्धानका लागि धादिङ ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077