Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

कैलाली जेलमा तनाव : नाइकेमाथि कुटपिट, जेलरविरुद्ध नाराबाजी

कैलाली जेलमा तनाव : नाइकेमाथि कुटपिट, जेलरविरुद्ध नाराबाजी

शनिवार , आषाढ २८, २०८२

धनगढी । जिल्ला कारागार कैलालीमा शनिबार दिउँसो कैदीबन्दीहरूबीच झडप हुँदा कारागारका नाइके खगेन्द्र बोगटी गम्भीर घाइते भएका छन् ।

कारागार प्रशासनका अनुसार भूपेन्द्र बडुवाल हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कैदी कपिल श्रेष्ठ नेतृत्वको समूहले बोगटीमाथि कुटपिट गरेको हो ।

कुटपिटबाट नाक र मुखमा चोट लागेका बोगटीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घटनापछि प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र प्रहरी उपरीक्षक बाल नरसिंह राणा कारागार पुगेका छन् ।

सुरक्षास्थितिबारे जानकारी लिँदै उनीहरूले कैदीहरूसँग संवाद गरेका छन् । एसपी राणाले कैदीहरूबीच सामान्य विवाद भएको भन्दै अहिले अवस्था नियन्त्रणमा रहेको बताए ।

स्रोतका अनुसार, बिहीबार प्रमुख जिल्ला अधिकारी हमालको निरीक्षणका क्रममा ब्लक ‘ए’ मा मोबाइल फेला परेपछि त्यहाँका सात जना कैदीलाई ब्लक ‘बी’ मा सारिएको थियो । यही सरुवालाई लिएर कैदीहरूबीच मनमुटाव चुलिएको हो ।

नाइके बोगटीले आफू जेलरको मान्छे भएको भन्दै ‘रवाफ देखाएको’ आरोप लगाउँदै श्रेष्ठको समूह आक्रोशित भएको र झडप चर्किएको बताइएको छ। यद्यपि, प्रहरीले भने “धकलाधकेल हुँदा चोट लागेको” दाबी गरेको छ ।

कैदीहरूले जेलर बसन्त खत्रीविरुद्ध एसपी र सिडिओ कै अगाडी नाराबाजी गर्दै “जेलभित्र मनोमानी बन्द गर” भन्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077