Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

‘सत्ता बर्गेनिङ’ मा जसपा र नाउपा

‘सत्ता बर्गेनिङ’ मा जसपा र नाउपा

आइतवार , आषाढ २९, २०८२

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सत्तालोभमा पर्दा यसअघि भएका निर्णय पनि कार्यान्वयनमा ल्याउन सकेका छैनन् ।

जसपा नेपाल पार्टीकै निर्णय कार्यान्वयन नगरी अलमलमा छ भने नाउपाका मन्त्रीले राजीनामा नदिई पार्टीको निर्णय लत्याएका छन् । जसपा र नाउपा सत्ताको लोभमा पर्दा अलमलमा परेकाले पार्टी निर्णय नै कार्यान्वयन हुन सकेको छैन ।

जसपा नेपाल कार्यकारिणी समितिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको निष्कर्षसहित सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय गर्न भनेको छ ।

तर जसपा नेपाल संसदीय दलले सो विषयमा निर्णय गरेको छैन । गत ७ र ८ असारमा बसेको जसपा नेपाल कार्यकारिणी समितिको बैठकको निर्णय गत ९ असारमा सार्वजनिक गरिएको थियो ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकले दिएको निर्दे शन उनकै अध्यक्षतामा बस्ने संसदीय दलको बैठकले कार्यान्वयन गर्नुपर्ने हुन्छ ।

‘केपी ओली नेतृत्वमा रहेको वर्तमान सरकार देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन, आर्थिक अवस्थामा सुधारलगायतका कार्यमा पूर्णतः असफल रहेकोले पार्टीद्वारा वर्तमान सरकारलाई विगतमा दिइएको समर्थनबारे पुनः विचार गरी निर्णय गर्न जसपा नेपाल संघीय संसदीय दललाई निर्देश गर्दछ,’ कार्यकारिणी समिति बैठकले गरेको निर्णयमा उल्लेख छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077