Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

इनरुवामा घरभित्रै मृत भेटिए दम्पती

इनरुवामा घरभित्रै मृत भेटिए दम्पती

आइतवार , आषाढ २९, २०८२

विराटनगर । सुनसरीको इनरुवामा घरभित्रै श्रीमान र श्रीमती मृत फेला परेका छन् ।

आइतबार बिहान इनरुवा नगरपालिका–९ बबियाका ३५ वर्षीय सुकदेव शर्मा र उनकी पत्नी अन्दाजी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत फेला परेका हुन् ।

सुनसरी प्रहरीका अनुसार सुकदेवको शव फुसको घरको धुरीमा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको हो भने सवेताको शव भने ओछ्यानमा फेला परेको छ ।

सुकदेवको शरीर अर्ध नग्न अवस्थामा र उनकी श्रीमतीको शव ओछ्यानमा सुतिरहेको अवस्थामा फेला परेकाले घटना शंकास्पद भएकाको प्रहरीले जनाएको छ ।

सुनसरी प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077