Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

एसएसपी बढुवा विवाद : प्रधानमन्त्री जेष्ठताको पक्षमा, गृहमन्त्री कार्यक्षमता अडानमा !

एसएसपी बढुवा विवाद : प्रधानमन्त्री जेष्ठताको पक्षमा, गृहमन्त्री कार्यक्षमता अडानमा !

आइतवार , आषाढ २९, २०८२

काठमाडौं । आर्थिक वर्षको अन्तिम हुन लाग्दा पनि नेपाल प्रहरीमा रिक्त रहेको एसएसपी पदमा बढुवा प्रक्रिया अझै सुरु हुन सकेको छैन ।

गृहमन्त्री रमेश लेखककै कारण बढुवा रोकिदै आएको प्रहरी अधिकारी बताउँछन् । यसरी समयमा बढुवा नहुँदा बढुवाका आकांक्षीहरुको तनाव बढेको छ भने तल्लो तहसम्म बढुवा रोकिएको छ।

लामो समयसम्म बढुवा रोकिएपछि यो विषय प्रधानमन्त्री केपी शर्मा ओलीसम्म समेत पुगेको छ । ओलीले जेष्ठताकै आधारमा बढुवा गर्न निर्देशन दिएको स्रोत बताउँछ ।

तर, जेष्ठताका आधारमा बढुवा गर्दा आफु निकटहरु छुट्ने भएकाले गृहमन्त्री लेखकले भने कार्यक्षमताको विषय उठाएका छन् । जसकारण अझै सहमति हुन सकेको छैन ।

गृहमन्त्री लेखकका निकट एसपीहरु जेष्ठताको पुछारमा छन्। सात वर्ष जेठा एसपीलाई छाडेर ३ वर्ष मात्र भएकालाई बढुवा गर्न प्रहरी नेतृत्व पनि तयार छैन । तर, केही एसपीलाई जसरी पनि बढुवा गर्नुपर्ने दबाब गृहमन्त्रीमाथि छ ।

जुनियर रहेका केही एसपीका लागि शक्तिकेन्द्रले सिफारिस गरेका छन्। केहीले त आर्थिक चलखेल समेत गरिरहेका छन्। जसरकाण बढुवा जटिल बनेको छ।

ज्येष्ठताका आधारमा विमल बस्नेत र प्रकाश रानाभाट सबैभन्दा अगाडि छन्। त्यसपछि कमल थापा, तुलबहादुर कार्की, राकेश सिंह, राजिब कुमार बस्नेत, दिपक पोखरेल, केदार खनाल, ज्ञानेन्द्र फुयाल, दिपेन्द्र शाही, रामप्रकाश शाह, प्रबिण धिताल, दयानिधी ज्ञवाली, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल र सुरेशराज काफ्ले अगाडि छन्।

त्यस्तै, अमरेन्द्र सिंह, श्यामसिंह चौधरी, नकुल पोख्रेल, पदबहादुर विष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्र कुमार श्रेष्ठ, दिलिप घिमिरे, वीरेन्द्रबहादुर शाही, जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन तिमल्सिना र रमेश पण्डित पनि बढुवाका दाबेदार छन्।

जुनियर रहेका जनकबहादुर शाही, चक्रराज जोशी, श्यामसिंह चौधरी, पदमबहादुर बिष्ट र योगेन्द्रसिंह थापा गृहमन्त्रीको रोजागाईमा परेका छन् । कार्यसम्पादनमा भने उनीहरु सबै कमजोर मानिन्छन् । आफ्नो क्षेत्रका भएकाले जसरी पनि उनीहरुलाई बढुवा गर्नुपर्ने भनेर उनले दबाब दिदै आएका छन्।

११ पदमा ३३ एसपी प्रतिस्पर्धामा छन्, १र२ जना बाहेक सबै शक्तिशाली छन्। जसले गर्दा बढुवा समितिलाई तनाव भएको छ। निष्पक्ष कार्यसम्पादन प्रणाली नहुँदा पनि यस्तो समस्या भएको हो ।

गृहमन्त्री लेखकले आफु अनुकुल कहिले जेष्ठता त कहिले कार्यसम्पादनको नारा लिने गरेका छन्। यसअघि डिआइजी बढुवा गर्दा ११२ को टोलीलाई छुटाएर जेष्ठताको नाममा सबै गुप्तचर टोलीलाई हालिएको थियो।

त्यसअघि एसपी बढुवामा ब्याच नै छुटाएर बढुवा गरियो । अहिले आफु निकटस्थलाई बढुवा गर्न कार्यसम्पादनमा जोड दिनुपर्ने बताएका छन्। जबकी बढुवा समितिले बढुवा हुनेको सूचि तयार गरेपछि मिलाउनका लागि मात्र नम्बर दिने भएकाले कार्यसम्पादन प्रणाली पूर्णरुपमा देखावटी मात्र छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077