Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

सदनमा लिङ्देनको प्रश्न - एमाले र कांग्रेस मिलेर लुटतन्त्र चलाईरहँदा प्रधानमन्त्रीको सुशासन आयोग के गर्दै छ ?

सदनमा लिङ्देनको प्रश्न - एमाले र कांग्रेस मिलेर लुटतन्त्र चलाईरहँदा प्रधानमन्त्रीको सुशासन आयोग के गर्दै छ ?

सोमवार , आषाढ ३०, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीको सुशासन आयोग कहाँ छ ? भन्दै प्रश्न गरेका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मन्त्रीहरू लेनदेनमा मुछिएको विषय उठाउँदै सुशासन आयोगबारे प्रश्न गरेका हुन्।

उनले भने–‘कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोग ? जनताले देशले खोजिरहेको छ। मन्त्रीहरू एकपछि अर्को लेनदेन कान्डमा मुछिएको तथ्य सार्वजनिक भइरहेको छ । नैतिकता छ भने मन्त्रीको राजीनामा आउने पर्ने, बर्खास्त हुनुपर्ने होकि होइन ?’

एमाले–कांग्रेस दुई दल राजावादीलाई तह लगायौँ भनेर भ्रष्टाचारमा लागेको उनको आरोप छ।

उनले भने–‘राजावादीलाई तह लगायौँ भनेको त छट्टुस्यालको कथा पो रहेछ। चिल आयो आयो भनेर तल चल्ला टिप्ने। जनताको ध्यान एक तिर लैजाने दुई पार्टी मिलेर लुट्ने ।’

यसबारे राप्रपाले सदन र सडकबाट प्रतिवाद गर्ने पनि उनको भनाइ छ।

त्यस्तै उनले सदनमा राप्रपा र रास्वपाले गरिरहेको विरोधलाई गलत व्याख्या गरिएप्रति आपत्ति जनाउँदै सभामुखको भूमिकामाथि पनि प्रश्न उठाए।

उनले भने–‘भिजिट भिसा प्रकरणमा दुई दलले गरेको विरोधलाई गलत व्याख्या नगरियोस्। संसद्को इतिहासमा यो कालो समय हो । दुई दलले विरोध गरिरहँदा संसद् चलाइएको छ। यो सभामुखको कार्यकालको कालो समयमा उल्लेख भएको छ। सभामुखले पहल र छलफल गर्नुपर्‍यो। प्रतिपक्षी दलको आवाजलाई सम्बोधन गर्नका लागि।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077