Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

हतियार खरिद प्रक्रिया कसको इसारामा अघि बढाइयो ? : प्रचण्ड

हतियार खरिद प्रक्रिया कसको इसारामा अघि बढाइयो ? : प्रचण्ड

सोमवार , आषाढ ३०, २०८२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरक्षा निकायका लागि अघि बढाइएको हतियार खरिद प्रक्रियाबारे संसदमा प्रश्न उठाएका छन् ।

उनले सत्तारूढ नेकपा एमालेको नेतृत्वमा रहेको सरकारले विगतमै आफैंले विरोध गरेको योजना पुनः अघि बढाउनुको कारण प्रस्ट पार्न प्रधानमन्त्रीसँग स्पष्टीकरण माग गरेका हुन् ।

“विगतमा स्वयम् प्रधानमन्त्रीजीकै पार्टीले सडकमा उत्रेर रोकेको सुरक्षा निकायको हतियार खरिद प्रक्रिया अहिले आएर कसको इसारामा, कसको स्वार्थमा अघि बढाइएको हो ?” प्रचण्डले संसदमा प्रश्न गरे, “म प्रधानमन्त्रीबाट सोको स्पष्ट जवाफ चाहन्छु।”

उनले यो विषयमा चुप लागेर जान नमिल्ने बताउँदै राष्ट्रिय सुरक्षालाई असर गर्ने खालका निर्णयमा पारदर्शिता र जवाफदेहिताको माग गरे ।
सुरक्षा निकायका लागि हतियार खरिद प्रक्रिया भ्रष्टाचार र स्वार्थसँग जोडिएको भन्दै विवादमा तानिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077