काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माअोवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारबाटै गणतन्त्रमाथि खतरा बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् । उनले गणतन्त्रप्रति विश्वास बढाउने विषय सरकारको प्राथमिकतामा नपरेको दाबी गरे ।
राजावादी वा व्यवस्थाविरोधीबाट गणतन्त्र जोखिममा नरहेको उनको भनाइ छ ।
“गणतन्त्रमाथि खतरा छ भने त्यो राजावादी वा व्यवस्थाविरोधीहरूबाट छैन । गणतन्त्रमाथि खतरा छ भने यो सरकारको काम–कारबाहीबाट छ,” प्रचण्डले भने ।