Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

कीर्तिपुर मैदानबारे प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ - फ्लडलाइट र प्यारापिटको प्रगति हेर्न जानुस्

कीर्तिपुर मैदानबारे प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ - फ्लडलाइट र प्यारापिटको प्रगति हेर्न जानुस्

सोमवार , आषाढ ३०, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति तीखो प्रहार गरेका छन् ।

कीर्तिपुर रंगशालामा फ्लडलाइट र प्यारापिट निर्माणबारे पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सोमबार संसदमा उठाएको प्रश्नलाई जवाफ दिँदै प्रधानमन्त्री ओलीले 'काम भइरहेको छ, मैदानमै गएर हेरुन्' भन्दै प्रत्यक्ष अवलोकनको सुझाव दिएका हुन् ।

“पूर्वप्रधानमन्त्रीज्यू, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस् – बनिरहेको छ,” ओलीले प्रचण्डप्रति व्यङ्ग्य गर्दै भने, “तपाईं प्रधानमन्त्री हुँदा न कुनै कामको टाइमलाइन तोक्नुभयो, न कुनै संकल्प गर्नुभयो, न निर्णय गर्नुभयो, न काम नै गर्नुभयो ।”

ओलीले आफैंले भनेजस्तै दिन तोकेर काम अघि बढाउने परम्परा बसालेको दाबी गर्दै भने, “मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरें ।”

उनले प्रचण्ड नेतृत्वको पालामा अर्थतन्त्र जर्जर भएको उल्लेख गर्दै, अहिले देशको अर्थतन्त्रमा आएको सुधारतर्फ संकेत गरे । “तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुगेको छ, तथ्यांक हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु,” ओलीले कटाक्ष गर्दै भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077