Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

प्रधानमन्त्री ओली भन्छन् - स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिनेछ

प्रधानमन्त्री ओली भन्छन् - स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिनेछ

सोमवार , आषाढ ३०, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिने बताएका छन् ।

त्रिवि शिक्षण अस्पतालको ४३ औं वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित समारोहमा प्रधानमन्त्री ओलीले स्वास्थ्य बीमाका नाममा कतिपय दुरुपयोग हुने गरेको पाइएको बताउँदै औचित्य पुष्टि हुनेगरी स्वास्थ्य बीमा कार्यक्रममा पुनरवलोकन गरिने जनाएका हुन् ।

उनले निरोगी नेपाल अभियान र बिरामीलाई सही उपचार गराउने काममा थप सफलता हासिल गर्न त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताललाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले नेपाली जनताको सेवा गर्ने मामिलामा सर्वोत्कृष्टता हासिल गरेको यस अस्पतालले दक्ष जनशक्ति उत्पादन, स्वास्‍थ्य उपचार र स्वास्थ्य सेवाका क्षेत्रमा अझै सफलता हासिल गर्दै जानुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले आफूले दोस्रो पटक मिर्गौला प्रत्यारोपण शिक्षण अस्पतालमै गरेको स्मरण गर्दै नेपालमै हुने उपचार यहीँ गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077