Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

घुस काण्डमा मुछिएका मन्त्री गुप्ता पनि मन्त्रिपरिषद् बैठकमा सहभागी

घुस काण्डमा मुछिएका मन्त्री गुप्ता पनि मन्त्रिपरिषद् बैठकमा सहभागी

सोमवार , आषाढ ३०, २०८२

काठमाडौं । मन्त्रिपरिषद् बैठक बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

नियमित बैठकका रूपमा बसेको मन्त्रिपरिषद्‌मा सरकारका विविध कामकारबाही, नीतिगत विषयवस्तु र आवश्यक निर्णयहरूबारे छलफल हुने बताइएको छ।

तर बैठकको मुख्य ध्यान अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तामाथिको घुस प्रकरणमा केन्द्रित देखिएको छ । अडियो सार्वजनिक भएपछि गुप्तामाथि घुसको डिल गरेको गम्भीर आरोप लागेको छ ।

यद्यपि, सार्वजनिक दबाब र विपक्षी दलको आक्रोशका बीच पनि गुप्ताले अहिलेसम्म राजीनामा दिएका छैनन्, न त प्रधानमन्त्रीले उनलाई बर्खास्त गरेका छन् । बैठकमा गुप्ताको उपस्थिति चासोको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077