Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन

सोमवार , आषाढ ३०, २०८२

काठमाडौं । घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन निर्देशन दिएको खुलेको छ ।

स्रोतका अनुसार सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले गुप्तासँग स्पष्ट रुपमा पद त्याग्न भनेका हुन् ।

ओली आइतबार मात्र झापाबाट राजधानी फर्किएका थिए। फर्किएको भोलिपल्टै बिहानै उनले मन्त्री गुप्तालाई बालुवाटार बोलाएर छलफल गरेका थिए ।

छलफलको क्रममा प्रधानमन्त्रीले गुप्ताको नाम जोडिएको अडियो सार्वजनिक भएपछि उत्पन्न परिस्थितिलाई गम्भीर रुपमा लिँदै तत्काल राजनीतिक जवाफदेही तय गर्न निर्देशन दिएको स्रोतको दाबी छ ।

गुप्ता पछिल्ला दिनमा घुस प्रकरणमा मुछिँदै आएका छन् । छ महिनाअघिको भनिएको अडियो सार्वजनिक भएसँगै उनीमाथि चौतर्फी दबाव बढेको थियो । अहिले पनि बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली सत्तारुढ दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077