Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

विवादित निजामती सेवा विधेयक आज राष्ट्रियसभामा प्रस्तुत गर्दै विवादित मन्त्री गुप्ता

विवादित निजामती सेवा विधेयक आज राष्ट्रियसभामा प्रस्तुत गर्दै विवादित मन्त्री गुप्ता

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्ने छ ।

संसद सचिवालयका अनुसार बैठकमा घुस लिएको आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभाबाट सन्देसहित प्राप्त निजामती सेवा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

मन्त्री गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुसको डिल गरेको अडियो सार्वजनिक भएपछि प्रतिपक्षीले सरकारको जवाफ माग गरेको छ।

यस्तै, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077