Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

बर्खास्त हुनु पर्ने मन्त्री मिठा कुरा गरेर प्रधानमन्त्रीसँग बस्छन् : शेखर कोइराला

बर्खास्त हुनु पर्ने मन्त्री मिठा कुरा गरेर प्रधानमन्त्रीसँग बस्छन् : शेखर कोइराला

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौं । नेपाली कांग्रेसका डा. शेखर कोइरालाले अडियो प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बर्खास्त नगरिएकोमा असन्तोष व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका कोइरालाले “साक्षी किनाराका सदर” बनेको गठबन्धनप्रति पनि व्यंग्य गर्दै वर्तमान सत्ता साझेदार दल नेपाली कांग्रेसले मौन बस्न नहुने धारणा राखेका छन्।

उनले लेखेका छन्, 'मन्त्रीक्वाटरमा बिहानै बिचौलियाले घुसको ब्रीफकेस छाड्छन्, प्रमाण जुटेपछि बर्खास्त हुनु पर्ने मन्त्री मिठा कुरा गरेर प्रधानमन्त्रीसँग बस्छन् र मन्त्रीपरिषद् बैठकमा सहभागी हुन्छन् ।'

संसदमा विपक्षीले कर्मकाण्डी रूपमा राजीनामा मागिरहेको बेला, नेपाली कांग्रेसजस्ता सत्ता साझेदारहरू भने निष्क्रिय दर्शकजस्तै बनेको भन्दै उनले लेखेका छन्, “गठबन्धनका सहयात्री हामी नेपाली कांग्रेस ‘साक्षी किनाराका सदर’ भएका छौँ।”

वर्तमान सत्ता प्रवृत्तिको आलोचना गर्दै कोइरालाले थपे, “विसङ्गति र विकृति प्रति बोल्ने हिम्मतको अभाव हुँदा यस्तै रहेछ यहाँको चलन।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077