Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

घुस प्रकरणमा मुछिएका सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

घुस प्रकरणमा मुछिएका सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौं । घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले  राजीनामा गर्न निर्देशन दिएपछि  मन्त्री गुप्ताले राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री ओलीले हिजो बालुवाटार बोलाएर  गुप्तालाई सोधपुछ गरेका थिए ।

उक्त अडिओ परीक्षणका लागि  फरेन्सिक ल्यावमा  पठाइसकिएको छ । भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबीच घुस खाएको अडियो सार्वजनिक भएको थियो ।

अडियो सार्वजनिक भएपछि उनको सर्वत्र विरोध भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077