Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

झोलामा खोला हाल्नेहरुको हिसाब किताब खोजिन्छ : जनार्दन शर्मा

झोलामा खोला हाल्नेहरुको हिसाब किताब खोजिन्छ : जनार्दन शर्मा

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले खोलाको लाइसेन्स एउटा व्यक्तिको झोलामा हाल्ने प्रवृत्तिको अन्त्य गर्न आग्रह गरेका छन् ।

मंगलबार काठमाडौंमा इप्पानको २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले ऊर्जा क्षेत्रको विकास नगर्दा नेपाली जनताको लगानी डुब्ने मात्रै नभइ नेपालीको सपना पूरा नहुने समेत बताए ।

खोलाको लाइसेन्स लगानी गर्नसक्नेलाई दिएको हो वा नसक्नेलाई भन्नेबारेको हिसाब किताब पनि आफूले खोज्ने बताए ।

खोला बेच्ने कुरा मान्य नहुने भन्दै उनले भने–‘म ऊर्जामन्त्री हुँदा खोला बेच्ने कुराको अन्त्य गर्ने भनेर घोषणा गरेको थिएँ । त्यतिबेला रोकेको पनि थिएँ, कतिपय कुरा फिर्ता ल्याएको पनि हो । आज दर्जनौँ परियोजनाहरू एउटा विशेष कम्पनीको नाममा, व्यक्तिका नाममा छन् । आज उत्पादन गर्छौं भन्नेहरूले योजना पाइरहेका छैनन् । यो अवस्थाको अन्त्य गरियोस् ।’

एउटा व्यक्तिलाई योजनाहरूको लाइसेन्स थुपारिदिँदा अन्य ऊर्जा उत्पादन गर्न खोज्नेहरूले योजना नपाइरहेको उनको भनाइ छ ।

उनले भने–‘ऊर्जा क्षेत्रको विकास नगर्दा नेपाली जनताको लगानी डुब्ने मात्रै होइन, हाम्रो सपना पूरा हुँदैन । हामी धेरै पछि परिसकेका छौँ । तपाईंहरुले दिने लाइसेन्सहरु त्यसको हिसाब किताव अब म खोज्नेवाला छु । कुन व्यक्तिलाई दिनुभएको छ । लगानी गर्नसक्नेलाई दिनुभएको छ कि बिक्री गर्नेलाई दिनुभएको छ ? डेभलपरहरूले योजना पाइरहेको छैन, आज खोलाहरू सबै दर्ता भइसकेका छन् । किन दर्ता भए ? उसले लगानी गरिरहेको छ कि छैन, उसले लगानी गर्नसक्ने क्षमता छ कि छैन भनेर हेर्नुपर्ने छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077