Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

मन्त्री गुप्ताले राजीनामा दिएर मात्रै पुग्दैन, छानबिन पनि हुनुपर्छ : रास्वपा

मन्त्री गुप्ताले राजीनामा दिएर मात्रै पुग्दैन, छानबिन पनि हुनुपर्छ : रास्वपा

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले गृहमन्त्री रमेश लेखकसहित सरकारका विवादित मन्त्रीहरूबारेमा सरकारलाई प्रश्न गरेका छन् ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखक, भ्रष्टाचार र घुस प्रकरणमा संलग्न रहेका मन्त्रीहरूलाई अहिलेको नेतृत्व जोगाउन लागेको आरोप पनि उनले लगाएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद नेपालीले भने–‘हामी बोलेको बोल्यै छौं, सरकार पेलेको पेल्यै छ।’

उनले भोटेकोशी बाढीले थप पीडा दिएको भन्दै तत्काल उद्धार र राहतका लागि सरकारी संयन्त्र सक्रिय हुनुपर्ने मागसमेत गरे।

नेपालीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएर मात्रै नपुग्ने उल्लेख गरे ।

उनले भने–‘अध्यागमन विभागमार्फत् भएको मानव तस्करीमा गृहमन्त्री प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका छन् । गृहमन्त्रीको नैतिकता कहिले जाग्ने हो ? घुस प्रकरणमा जोडिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएर मात्रै पुग्दैन, छानबिन पनि हुनुपर्छ ।’

रास्वपाले लगातार ४९ दिनदेखि आवाज उठाए पनि कुनै छानबिन नहुनु सरकारको गैरजिम्मेवारीपनको परकाष्ठा भएको उनले दाबी गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077