काठमाडौं । २० वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा आज नेपाल र श्रीलङ्का खेल्दै छन् ।
खेल बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा नेपाली समयअनुसार बेलुका पौने ७ बजे शुरू हुनेछ ।
यसअघि नेपालले आफ्नो पहिलो खेलमा शुक्रवार भुटानलाई ६–१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ३–२ गोलअन्तरले पराजित भएको थियो ।
नेपाल दुई खेलमा तीन अङ्कसहित दोश्रो स्थानमा छ । दुई खेलमै पारजित श्रीलङ्का अङ्क तालिकाको पुछारमा छ ।
प्रतियोगितामा नेपाल, बङ्गलादेश, भूटान र श्रीलङ्का गरी चार वटा देश सहभागी छन् ।