Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

दबाबले होइन संवैधानिक व्यवस्थाअनुसार नै संसद विघटन स्वीकृत गरेकी हुँ : पूर्वराष्ट्रपति भण्डारी

दबाबले होइन संवैधानिक व्यवस्थाअनुसार नै संसद विघटन स्वीकृत गरेकी हुँ : पूर्वराष्ट्रपति भण्डारी

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको विधान महाधिवेशनमा आफ्नो उपस्थित कुन रुपमा हुने भन्ने निर्णय पार्टीको केन्द्रीय कमिटीले गर्ने बताएकी छन्।
मदन भण्डारी फाउन्डेसनले उनको ७५औं जन्म जयन्ती मनाउने विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले भनिन्–‘मेरो उपस्थिति उहाँहरूले कसरी गराउनुहुन्छ केन्द्रीय कमिटीले निर्णय गर्ने कुरा हो। प्रतिनिधि वा आमन्त्रित सदस्यको रुपमा केमा बोलाउनुहुन्छ ।

कार्यक्रममा उनले आफ्नो कार्यकालमा दुईपटक संसद् विघटन भएको विषयले आफूलाई पछ्याइरहेको समेत बताइन् ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संसद् विघटन गरेको विषयबारे उनले भनिन्–‘विगतको कुरा हो तर यसले मलाई पछ्याइरहन्छ। यसमा म जानकार नै छु। मैले कुनै प्रेसर, दबाबभन्दा पनि मन्त्रिपरिषद्ले गरेको निर्णयलाई कार्यान्वयन मात्रै गरेको हुँ।’

त्यतिबेला जे गर्नुपर्थ्यो त्यही गरेको र उक्त काम संवैधानिक व्यवस्थाअनुसार गरेको पनि बताइन्।

उनले भनिन्–‘देशलाई निकास दिनुपर्ने कुरा हो। कुन बेला के गर्नुपर्थ्यो भन्ने बहसको कुरा हुन सक्थ्यो। तर यो दबाबले होइन। संवैधानिक व्यवस्थाअनुसार गरेको हुँ।’

मदन भण्डारीको हीरक जयन्ती : संयोजक डोरमणि
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७५औं जन्म जयन्ती मनाउन मूल समारोह समिति गठन गरिएको छ।

उक्त समितिको संयोजकमा बागमती प्रदेश सरकारमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा समिति गठन गरिएको हो।

मदन भण्डारी फाउन्डेसनले जन्म जयन्ती मनाउने विषयमा जानकारी दिन आयोजना गरेको कार्यक्रममा यसबारे जानकारी दिइएको हो।

जन्म जयन्ती मनाउन विभिन्न कार्यक्रमहरू २०८२/०८३ भर गरिने बताइएको छ। त्यस्तै २०८४ मा भने जन्म जयन्ती कार्यक्रमको समीक्षासहित अन्त्य गरिने भनिएको छ।

मूल आ‍योजक समितिमा अहिले ७५ सदस्य रहेको र पछि थप गरिने पनि बताइएको छ। त्यस्तै सल्लाहकार समिति पनि छिटै गठन गरिने भनिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077