काठमाडौं । नेपालले साफ यू–२० महिला च्याम्पियनसिपको तेस्रो खेलमा श्रीलंकाविरुद्ध ५–० को अग्रता बनाएको छ ।
मंगलबार बंगलादेशको बसुन्धारा किंग्स एरिनाको प्रशिक्षण मैदानमा जारी खेलमा नेपालबाट मध्यान्तरसम्म मीना देउवा र पूर्णिमा राईले समान दुई गोल गरे ।
नेपालबाट अर्को एक गोल समीक्षा मगरले थपिन् । यसअघि दुई खेल खेलेको नेपाल तीन अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।
नेपालले यसअघिका दुई खेलमध्ये एकमा जित र अर्कोमा हार बेहोरेको थियो ।