Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपालले श्रीलंकालाई ७-० गोलले हरायो, मीना देउवाको 'ह्याट्रिक' !

नेपालले श्रीलंकालाई ७-० गोलले हरायो, मीना देउवाको 'ह्याट्रिक' !

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौं । साफ यु-२० महिला च्याम्पियनसिपअन्तर्गत मंगलबार भएको खेलमा नेपालले श्रीलंकालाई ७-० गोलले हराएको छ ।

बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किंस एरिनाको अभ्यास मैदानमा भएको खेलमा मीना देउवाको ह्याट्रिकमा नेपालले श्रीलंकालाई ७-० गोलले हराएको हो ।

पहिलो हाफमा नेपालले ५ गोल गरेको थियो। दोस्रो हाफमा नेपालले २ गोल थपेको हो । श्रीलंकाले भने गोल गर्न सकेन । नेपालका लागि मीना देउवाले ह्याट्रिक पूरा गरिन् ।

पूर्णिमा राईले २ गोल गर्दा समिक्षा मगर र सरिता कुमारी नाथले समान १-१ गोल थपिन् । नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले पराजित गरेको थियो ।

दोस्रो खेलमा भने नेपाल घरेलु टिम बङ्गलादेशसँग ३-२ ले पराजित भएको थियो। श्रीलंकाको भने लगातार तेस्रो हार हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077