Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

चीनले राखेपलाई दियो ८५ लाखको खेल सामग्री

चीनले राखेपलाई दियो ८५ लाखको खेल सामग्री

बुधवार , आषाढ ३२, २०८२

काठमाडौं । चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद्लाई खेल सामग्री तथा स्वास्थ्य परीक्षण उपकरण सहयोग गरेको छ  ।

नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चिफ द मिसन वाङ झिनले राखेप सदस्यसचिव टंकलाल घिसिङलाई अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रममा सामग्री हस्तान्तरण गरेका थिए ।

युनान प्रादेशिक खेलकुद ब्युरोले करिब ८५ लाख रुपैयाँ बराबरको विभिन्न ३४ प्रकारका सामग्री हस्तान्तरण गरेको हो ।कार्यक्रममा बोल्दै राखेप उपाध्यक्ष ध्रुव आचार्यले सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिँदै सामाग्रीले खेलाडीको प्रशिक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा चिनियाँ दूतावासका कन्सुल वाङ दोङ, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, राखेपका सदस्य अञ्जन धमला, प्रकाशकुमार कुसारी र हिमालकुमार श्रेष्ठ, विभिन्न विभागका प्रमुख, मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीमा रहेका खेलाडी, प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077