काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभित्र गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्नु अहिलेको चुनौती रहेको बताएका छन्।
नेपाल सामुदायिक विद्यालय कर्मचारी संघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले यस्तो बताएका हुन ।
उनले हिजोको चुनौती साक्षरता रहेको भन्दै आजको चुनौती देशभित्र गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्नु रहेको बताए।
उनले सरकार, सबै राजनीतिक दल र सरोकारवालाई शिक्षाको विकासका लागि एकजुट भएर लाग्न अनुरोध गरे।
सामुदायिक विद्यालयहरूले सेवामुखी भइ मुलुकको शिक्षा क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान दिँदै आएको उनको भनाइ छ।