काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पदभार ग्रहण गरेकी छन्।
बुधबार अपरान्ह शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि उनी साँझ सिंहदरबार पुगेर पदभार ग्रहण गरेकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्री बनेकी न्यौपानेलाई बुधबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका थिए ।
राष्ट्रिय सभाकी सदस्य उनी अबको फागुनसम्म मन्त्री पदमा रहने छिन् ।