Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हरायो

न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हरायो

बिहिवार , श्रावण १, २०८२

काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राट्रिय क्रिकेट शृङ्खलामा न्युजिल्यान्डले दक्षिण अफ्रिकामाथि जित निकालेको छ । हिजो जिम्बाब्वेको हरारे स्पोर्टस क्लबमा भएको खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको हो ।

१ सय ७४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १८ ओभर २ बलमा १ सय ५२ रनमा समेटियो । दक्षिण अफ्रिकाका डिवाल्ड ब्रेभिस १८ बलमा १ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ३५ रन बनाए ।

न्युजिल्यान्डका लागि जोकेब डफी र म्याट हेनरीले समान ३ तथा इश सोडिले २ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७३ रनको बनायो ।

न्युजिल्यान्डका टिम रोबिन्सनले अविजित रहँदै अर्धशतक बनाए । रोबिन्सनले ५७ बलमा ६ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ७५ रन जोडे ।

दक्षिण अफ्रिकासँग समान २ अङ्क बनाएको न्युजिल्यान्ड रनरेटमा अघि रहेर शीर्ष स्थानमा छ । घरेलु टोली जिम्बाब्वे अङ्कविहीन छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077