Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

आन्द्रे रसेलले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा

आन्द्रे रसेलले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा

बिहिवार , श्रावण १, २०८२

एजेन्सी । वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् ।

उनले आफ्नो घरेलु मैदान जमैकाको सबिना पार्कमा अस्ट्रेलियाविरुद्ध हुने पहिलो दुई टी-२० खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा बताएका हुन्।

३७ वर्षीय रसेल सन् २०१९ देखि वेस्ट इन्डिजका लागि टी-२० अन्तर्राष्ट्रिय मात्र खेल्दै आएका थिए । उनले आफ्नो करियरमा १ टेस्ट, ५६ एकदिवसीय र ८४ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

आफ्नो सन्यास घोषणा गर्दै रसेलले भावुक हुँदै भने, ‘वेस्ट इन्डिजको प्रतिनिधित्व गर्नुको अर्थ के हो, त्यो शब्दमा बयान गर्न सक्दिनँ। यो मेरो जीवनको सबैभन्दा गर्विलो उपलब्धिहरू मध्ये एक हो।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077