Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साम्बा न्युजिल्याण्डको वेलिंगटन फिनिक्स क्लबमा अनुबन्ध, अस्ट्रेलियन लिग खेल्ने

साम्बा न्युजिल्याण्डको वेलिंगटन फिनिक्स क्लबमा अनुबन्ध, अस्ट्रेलियन लिग खेल्ने

बिहिवार , श्रावण १, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा अनुबन्ध भएकी छन् ।

साम्बा सिजन २०२५–२६ का लागि क्लबमा आबद्ध भएकी हुन्। यो न्युजिल्यान्डको क्लब भए पनि उसले अस्ट्रेलियन क्लबहरूको बाहुल्यता भएको ए–लिग वुमन खेल्ने गर्छ।

अष्ट्रेलियाको ए लिगको नयाँ सिजनका लागि फिनिक्सले साम्बालाई अनुबन्ध गरेको हो ।

साम्बाले यसअघि फ्रान्सको एन अभान्ट ग्वेंगाम्पबाट खेल्दै आएकी थिइन् । उनले सामाजिक सन्जालमार्फत ग्वेंगाम्पबाट अलग भएको बताएकी हुन् ।

साम्बासँग इजरायलदेखि भारत, माल्दिभ्ससम्म लिग खेलेको अनुभव छ ।

यो लिगमा १२ टोलीले खेल्दा ११ टोली अस्ट्रेलियाका छन्। अघिल्लो सिजन वेलिङटन लिगमा नवौं भएको थियो। उसले २३ खेलमा ७ खेल मात्र जितेको थियो।

साम्बाले गत दुई सिजन भने फ्रान्सको शीर्ष डिभिजनको लिग खेलेकी थिइन्। फ्रान्सको महिला फुटबल क्लब गुइनगाम्पबाट उनले दुई सिजन खेलेको थिइन्। पछिल्लो सिजन भने क्लब रेलिगेसनमा परेको थियो।

उनी फ्रान्स युरोपको शीर्ष पाँच लिगमा खेल्ने पहिलो नेपाली फुटबल खेलाडी भएकी थिइन् ।

साम्बाले यसअघि इजराइलको शीर्ष डिभिजनको क्लब हापोइल रा’नानामा आबद्ध भएर लिग खेलेकी थिइन्। तर युद्धका कारण उनी सिजनको बीचैमा फर्किएकी थिइन्।

त्यसअघि भारतको गोकुलम केरलाबाट भारतीय महिला लिग खेलेकी थिइन्। १० खेलमा २९ गोल गर्दै उनी लिगकै सर्वाधिक गोलकर्ता मात्र बनिनन्, उनी आबद्ध गोकुलमले लिग नै जितेको थियो।

भातरमा तीन सिजन महिला लिग खेल्दा तीनै सिजन उपाधि जितेकी थिइन्। उनले भारतीय लिगमा २४ खेलमा ६० गोल गर्दै कीर्तिमान समेत बनाएकी छिन्।

साम्बा दक्षिण एसियाकै उत्कृष्ठ स्ट्राइकरमध्येमा पर्छिन्। घरेलु लिगमा उनी एपिएफबाट खेल्छिन्।

साम्बा २०१४ मा नेपाली राष्ट्रिय टोलीमा आबद्ध भएकी थिइन्। त्यही वर्ष उनले पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा भुटानविरूद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन्।

उनले डेब्यु खेलमै गोल गरेकी थिइन्। त्यसअघि साम्बाले राष्ट्रिय टोलीकी सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएकी छन्। साम्बाले राष्ट्रिय टोलीमा ६० खेलमा ६६ अन्तर्राष्ट्रिय गोल गरिसकेकी छिन्।

साम्बा गत महिना नेपाली महिला टोलीको कप्तान बनेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077