Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी–२० विश्वकप छनोटको लागि क्लोज क्याम्प सुरु

टी–२० विश्वकप छनोटको लागि क्लोज क्याम्प सुरु

बिहिवार , श्रावण १, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकपको एसिया र पूर्वी एसिया प्यासिफिक छनोटका लागि नेपाली टोलीको क्लोज क्याम्प सुरु भएको छ ।

बिहिवारबाट सुरु भएको क्लोज क्याम्पमा ३२ खेलाडी सहभागी छन् । क्याम्पमा लामो समयपछि अलराउन्डर मोहम्मद आदिल आलमले पनि कमब्याक गरेका छन् ।

नेपालले आगामी अक्टोबरमा ओमानमा हुने टी–२० विश्वकप छनोट खेल्नेछ । उक्त प्रतियोगितामा समूह २ मा परेको नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा ९ वटा टिम सहभागी रहनेछन् । सुपर सिक्सको अन्त्यमा शीर्ष ३ टोलीले भारत र श्रीलंकामा सन् २०२६ मा आयोजना हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077